मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले साढे ३ हजार परिवार विस्थापित

ekantipur.com · Sun Sep 18 01:01:18 GMT 2022

काठमाडौँ — खोला र नदीमा जलस्तर बढेर शनिबार बिहानदेखि बस्ती पसेपछि कैलालीको पूर्वी क्षेत्रमा झन्डै दुई हजार परिवार विस्थापित भएका छन् । बस्ती जलमग्न भएका कारण स्थानीय बासिन्दा ज्यान जोगाउनै मुस्किल भएको बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीका अनुसार विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेर जोशीपुरमा ४ सय, कैलारीमा १ सय ८०, टीकापुरमा १ सय ७५, भजनीमा १ हजार ५०, जानकी गाउँपालिकामा ९५, लम्की चुहामा १ सय ५०, धनगढी उपमहानगरमा १५ परिवार गरी २ हजार ५५ घर डुबानमा परेको प्रारम्भिक जानकारी आएको छ । यस्तै, टीकापुरमा ७० र जानकीमा ६५ परिवार र भजनी नगरपालिकामा ८ सय जना विस्थापित भएका छन् । स्थानीय काँडा, कान्द्रा, पथरिया, कटनी, मोहना र कर्णाली नदीको बाढी पसेर दक्षिणी पूर्वी क्षेत्रमा पर्ने टीकापुर, भजनी नगरपालिका, जोशीपुर, कैलारी र जानकी गाउँपालिका अधिकांश वडा जलमग्न बनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)