बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि २० हेलिकोप्टर तयारी अवस्थामा, प्राथमिकताका आधारमा परिचालन गरिने
ratopati.com · Thu Aug 27 03:18:39 GMT 2026

काठमाडौँ । बाढी र पहिरो प्रभावित क्षेत्रमा अलपत्र परेका नागरिकहरूको तत्काल उद्धार तथा राहत वितरणका लागि सरकारले हवाई माध्यमलाई व्यापक रूपमा परिचालन गरिरहेकाे छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित Rescue Coordination Center (RCC) मार्फत आज बिहान ६:३० बजेदेखि नै विशेष तयारी सुरु गरिएको हाे।
थप उद्धार कार्यका लागि २० वटा हेलिकोप्टरहरूलाई 'स्ट्यान्डबाई' अवस्थामा राखिएको छ। यसका अतिरिक्त, बाढीग्रस्त क्षेत्र र आसपासका इलाकाहरूमा थप १० वटा हेलिकोप्टरहरू पहिले नै परिचालित भइसकेका छन्। प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण जमिनबाट पुग्न नसकिने स्थानहरूमा यी हेलिकोप्टरले उद्धार गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)