मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनतालाई दुख्दा सरकारलाई पनि पीडा हुन्छ भन्ने महसुस गराउने गरी काम गर्न बालेनलाई रविको सुझाव

barnanmedia.com · Sun Jul 12 22:35:54 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक विषयमा छलफल गरेका छन् । सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई सुकुम्बासीको व्यवस्थापनमा गम्भीर हुन सुझावसमेत दिएको स्रोतको भनाइ छ ।

सुकुम्बासीको चित्त बुझ्ने गरी व्यवस्थापन गर्नुपर्ने सरकारको जिम्मेवारी भएको अवगत सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई गराएको स्रोतको दाबी छ । स्रोतका अनुसार सभापति लामिछानेले जनतालाई सरकारको मन हुन्छ, सरकारलाई पनि पीडा हुन्छ भन्ने महसुस गराउने गरी काम गर्न सुझाव दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)