रसुवामा सञ्चार सेवा सहज बनाउन पोर्टेबल मोबाइल टावर पठाइँदै
corporatenepal.com · Thu Aug 27 03:35:38 GMT 2026

काठमाडौं । बाढीबाट प्रभावित रसुवाका क्षेत्रमा अवरुद्ध मोबाइल तथा सञ्चार सेवा पुनः सञ्चालनमा ल्याउन सरकारले जेनेरेटर र सोलार प्रणालीसहितका पोर्टेबल मोबाइल टावर पठाउने भएको छ। सरकारले प्रभावित क्षेत्रमा सञ्चार र विद्युत् सेवा तत्काल सहज बनाउन आवश्यक उपकरण तथा वैकल्पिक ऊर्जा प्रणाली परिचालन थालेको जनाएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा प्रयोग गर्न पावर ब्याकअपसमेत पठाइँदै छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापित र थप प्रभावकारी बनाउन पोर्टेबल मोबाइल टावर जडानको तयारी भइरहेको उल्लेख छ। ती टावरमा जेनेरेटर र सोलार प्रणाली रहनेछन्। यसअघि नै प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारका लागि आवश्यक उपकरण, टेन्ट तथा अन्य अत्यावश्यक राहत सामग्री पठाइसकिएको सरकारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)