मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउन संसदीय समितिका सभापतिको निर्देशन

ratopati.com · Wed Oct 28 16:57:57 GMT 2026

काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागितालाई ठोस उपलब्धिमुखी बनाउनुपर्नेमा जोड दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा सभापति गणेश पराजुलीले जलवायु कूटनीति र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै कोप सम्मेलनमा नेपालको सहभागिता औपचारिक भ्रमणमा मात्र सीमित नराख्न निर्देशन दिएका हुन् । उनले अन्तर्राष्ट्रिय वार्तामा सहभागी हुने प्रतिनिधि विषय विज्ञ, पर्याप्त तयारीसहित र नेपालको हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम हुनुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)