शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट
gorkhapatraonline.com · Wed Oct 28 17:06:47 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग उहाँको कार्यकक्षमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको थियो । मन्त्री पोखरेलले मुलुकको शैक्षिक उन्नयनमा स्विस सरकारबाट गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)