भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान
gorkhapatraonline.com · Wed Oct 28 17:30:51 GMT 2026

चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन प्राप्त भएको छ । गाउँपालिकाको पूर्वाधार विकास तथा निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले माग गरिएको उक्त मेसिन सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा आयोजित एक कार्यक्रमबिच गाउँपालिकाले प्राप्त गरेको छ ।
तातोपानी नाकामा बुधवार आयोजित हस्तान्तरण कार्यक्रममा मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चोङ्बाङले चीन सरकारका प्रतिनिधिमण्डलसँग सम्झौतापत्रमा हस्ताक्षर गरी अनुदानमा प्राप्त स्काभेटर मेसिन बुझ्नुभएको गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) ले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)