चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
lokaantar.com · Thu Feb 09 00:03:00 GMT 2023
झापा जिल्ला अदालतको २०७७ माघ २२ गतेको फैसलाअनुसार चोरी मुद्दामा फरार रहेका एक प्रतिबादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनका लागि खटिएको प्रहरी टोलीले बुधबार उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३० वर्षीय सदरकुमार मकरा रहेका छन् । गौरीगञ्ज गाउँपालिका ३ निवासी मकरालाई अदालतले ६ महिना कैद र ५ हजार जरिवानाको फैसला गरेपछि उनी फरार रहेका थिए । फैसला कार्यन्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएपछि उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)