‘आजाद’ भिसाले कतारमा जोखिम मोल्दै नेपाली श्रमिक
nayapatrikadaily.com · Wed Nov 01 00:38:00 GMT 2023
वैदेशिक रोजगारीका लागि ‘आजाद’ भिसामा कतार आएका नेपाली श्रमिकहरू जोखिममा पर्न थालेका छन् । कतारमा स्वतन्त्र रूपमा काम गर्न पाइने भएकाले यसलाई आजाद भिसा भनिएको हो । तर, कतार सरकारले भने यस्तो आजाद भिसाको व्यवस्था गरेको छैन । कम्पनी सञ्चालक र एजेन्टले नै यसलाई आजाद भिसा नामकरण गरेका हुन् ।
आजाद भिसाका श्रमिकले आफैँ काम खोज्नुपर्ने हुन्छ । काम छनोट गर्न पाउने हुँदा केही श्रमिकले राम्रै काम पाए पनि अधिकांश अलपत्र पर्ने गरेको गैरआवासीय नेपाली संघका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले बताए । उनका अनुसार कतिपय श्रमिक नेपालबाट नै आजाद भिसामा कतार आइपुग्छन् भने कतिपयले कतारमा आएपछि आजाद भिसामा परिवर्तन गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)