मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फुसको छाना हटाउने अभियानमा वडाध्यक्षको मनपरी, छानबिन गर्न एमालेको माग

ratopati.com

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलस्थित एमाले वडा कमिटीले वडामा फुसको छाना हटाउने अभियानमा मनपरी भएको दावी गरेको छ । फुसको छाना हटाउने र जस्तापाताको छाना हाल्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सूचीकरणमा परेका ४१ लाभग्राहीमध्ये अधिकांशलाई रकम निकासा दिन आलटाल भइरहेको एमाले वडा कमिटीले जनाएको छ ।

एमाले वडा कमिटी अध्यक्ष नन्दकुमार तामाङले विज्ञप्ति जारी गर्दै सूचीकरणमा परेका लाभग्राहीलाई ओझेलमा पारेर निकासा दिन विभिन्न बहानावाजी गरिएको तर जस्ताको छाना हालिसकेका केही घरलाई रकम निकासा दिइएको दावी गरेका छन् । ‘फुसको छाना हटाउ’ अभियानको सूचीकरणमा नपरेका घरलाई जस्ताको छाना हाल्नकालागि रकम दिएको खुलासा भएको भन्दै एमाले वडा कमिटीले सो बारेमा छानविन गरी वास्तविक लाग्राहीलाई तत्काल जस्तापाता उपलव्ध गराउन ध्यानाकर्षण गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)