युनाइटेडको लगातार तेस्रो जित
ekantipur.com · Fri Sep 02 00:55:40 GMT 2022
लन्डन — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बिहीबार लगातार तेस्रो जीत निकालेको छ । किंग पावर स्टेडियममा भएको खेलमा लेस्टर सिटीलाई युनाइटेडले १-० ले पराजित गरेको हो ।
खेल सुरु भएको २३औं मिनेटमा मार्कस रसफोर्डले दिएको पासको सदुपयोग गर्दै जाडोन सान्चोले गोल गरेका थिए । युनाइटेडले यसअघि लिभरपुल र साउथह्याम्पटनलाई पराजित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)