मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

baahrakhari.com · Wed Oct 28 18:13:16 GMT 2026

काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको छ । हालै नोड डट जेएस रनटाइममा नोड टु सेललगायतका गम्भीर सुरक्षा कमजोरीहरू पहिचान भएको उल्लेख गर्दै केन्द्रले सम्बन्धित निकायका प्रणाली तथा वेब एप्लिकेशनमा प्रयोग भएका नोड डट जेएस रनटाइमको भर्सन जाँच गरी नयाँ भर्सन अद्यावधिक गर्न आग्रह गरेको हो ।

“कमजोरीको दुरुपयोग भएमा सम्बन्धित प्रणालीमा अनधिकृत पहुँच प्राप्त हुने, सेवा अवरुद्ध हुने तथा प्रणालीमा चलिरहेका कार्यहरूमा अनधिकृत नियन्त्रण कायम हुनसक्ने जोखिम रहन्छ । यसबाट बच्न सुरक्षा उपायहरू अबलम्बन गर्न अनुरोध छ”, केन्द्रले भनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)