सरकारी बजेटमै वन अतिक्रमण
ekantipur.com · Wed Mar 15 16:51:17 GMT 2023
कञ्चनपुर — चुरेमा ध्यान केन्द्रका नाममा निर्माण भइरहेका भौतिक संरचना भत्काएर धार्मिक वन खारेजीको प्रक्रिया पनि सुरु भएको छ । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवको उत्तरी क्षेत्रमा रहेको झिलमिला ताल नजिकै ताराकोटमा गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारको २४ लाख बजेटमा करिब २ सय मिटर लामो पर्खाल निर्माण गरिएको थियो ।
दुई वर्षअघि ताराकोट क्षेत्रको १५ हेक्टर जमिनलाई धार्मिक वन हस्तान्तरण गरिएको थियो । गतसाता पर्खाल भत्काएपछि डिभिजन वन कार्यालयले धार्मिक वन खारेजीको प्रक्रिया अघि बढाएको हो । ‘यस वर्ष पनि संघीय सरकारले एक करोड बढी बजेट छुट्याएको छ,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु तिवारीले भने, ‘बजेट रद्द गर्न हामीले मन्त्रालयमा पत्राचार गरिसकेका छौं, टेण्डर भएको भन्ने पनि सुनिएको छ, टेन्डर पनि खारेज गरिन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)