मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जलाशययुक्त आयोजना प्रोत्साहन प्रस्ताव

ekantipur.com · Fri May 28 01:03:48 GMT 2021

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेटमार्फत निजी क्षेत्रलाई जलाशययुक्त आयोजनामा प्रोत्साहित गर्न विभिन्न उपाय प्रस्ताव गरेको छ । जलाशययुक्त आयोजनामा निजी क्षेत्रलाई आकर्षित गर्ने गरी कार्यक्रम प्रस्ताव गरिएको मन्त्रालयका प्रवक्ता मधु भेटवालले बताए ।

‘बजेट निर्माणको अन्तिम अधिकार अर्थ मन्त्रालयलाई छ,’ उनले कान्तिपुरसँग भने, ‘यो वर्षको बजेटमा जलाशययुक्त आयोजना निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ ।’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार आयोजना गरेको ‘स्वदेशी विद्युत् खपतसँगै विद्युत् व्यापार र आगामी बजेट’ विषयक अन्तर्क्रिया कार्यक्रममा पनि भेटवालले निजी क्षेत्रले राख्दै आएका विभिन्न माग सम्बोधनका लागि मन्त्रालयले छलफल अघि बढाएको टिप्पणी गरेका थिए । निजी क्षेत्रको मागअनुसार सरकारले विद्युत् आयोजनाको अनुमतिपत्र अवधि थप्ने र ठूला आयोजनालाई सरकारी सस्तो दरमा उपलब्ध गराउने तयारी भइरहेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)