मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सलमानको कार पछ्याउने बाइकमा सवार युवक पक्राउ

barnanmedia.com · Thu Sep 19 21:49:01 UTC 2024

मुम्बई प्रहरीले सलमान खानको कारलाई पछ्याएको आरोपमा उजैर फैज मोहिउद्दीन नामका एक युवकलाई पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार युवकले निकै तीव्र गतिमा बाइक चलाएको आरोप लगाइएको छ र सलमानको कारको नजिक पुगेको प्रहरीको भनाइ छ। प्रहरीले युवकविरुद्ध एफआइआर पनि दर्ता गरेको छ। सलमान खानलाई यसअघि नै लरेन्स बिश्नोईबाट ज्यान मार्ने धम्की आइसकेको छ। जसका कारण उनीहरुको सुरक्षामा निकै कडाइ गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)