कोभिड एलायन्स फर नेपालले अमेरिकासँग माग्यो खोप
ekagaj.com · Wed May 05 17:25:57 GMT 2021
काठमाडौँ : कोभिड एलायन्स फर नेपालले अमेरिकासँग १ करोड २० लाख डोज खोप सहयोग गर्न माग गरेको छ । एलायन्सकातर्फबाट नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीलाई पत्र लेख्दै उनीहरूले हालै अमेरिकाले कोभिड-१९ सँग जुध्न अमेरिकाले व्यक्तिगत सुरक्षा उपकरण तथा अन्य स्वास्थ्य सामग्री खरिदका लागि ८५ लाख अमेरिकी डलर दिन लागेकोमा प्रशंशा गर्दै नेपालका लागि यतिबेला अन्य उपकरण भन्दा पनि खोप नै महत्वपूर्ण रहेको बताएका छन् ।
एलायन्सको तर्फबाट पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत, चिकित्सक, प्राध्यापक, पत्रकार लगायतका तीन दर्जन नेपाली र नेपालीलाई माया गर्ने विदेशीले अमेरिकालाई संयुक्त आग्रह गरेका हुन् । नेपाली र अमेरिकी जनताबीच आपसमा विशेष सम्बन्ध रहेको भन्दै उनीहरूले यतिबेला नेपालमा कोभिड-१९ को दोस्रो लहरले ठूलो अवसाद परेको उल्लेख गर्दै सहयोगका लागि आग्रह गरेका छन् । मानव जीवन र आर्थिक क्षति अभूतपूर्व रहेको यस्तो अवस्थामा अहिलेसम्म कम जनसंख्याले मात्र खोप प्राप्त गर्नुले महामारीसँग सामना गर्नु चुनौतीपूर्ण रहेको उनीहरूले पत्रमा उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)