ग्लोबल आइएमई बैंकको ८ प्रतिशत नगद लाभांश, १ प्रतिशत बोनस सेयर
ekantipur.com · Thu Dec 14 16:40:01 GMT 2023
काठमाडौँ — ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसले आर्थिक वर्ष ०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष ०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयर तथा नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)