सुडानका आरएसएफ नेता दाग्लोलाई मृत्युदण्डको फैसला
kendrabindu.com · Mon Jul 13 01:59:57 GMT 2026

काठमाडौं । सुडानको एक अदालतले आइतबार अर्धसैनिक नेता मोहम्मद हमदान दाग्लो र अन्य १५ जनालाई अनुपस्थितिमा मृत्युदण्डको फैसला सुनाएको छ। उनीहरूमाथि क्षेत्रीय गभर्नरको हत्या र डारफरमा युद्ध अपराध गरेको आरोप रहेको छ ।
यो फैसला सन् २०२३ अप्रिलमा अर्धसैनिक समूह र सुडानी सेनाबीच युद्ध सुरु भएपछि आरएसएफको नेतृत्वविरुद्ध पहिलो फैसला हो। ‘रेड सी’ नजिकैको शहर पोर्ट सुडानमा रहेको अदालतले दाग्लो र अन्य प्रतिवादीहरूलाई युद्ध अपराध, मानवता विरुद्धको अपराध, नरसंहार र नागरिक तथा सार्वजनिक सुविधाहरूमाथि आक्रमण गरेको आरोपमा दोषी ठहर गरिएको सुना न्यूज एजेन्सीले अदालतको फैसलालाई उद्धृत गर्दै लेखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)