मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरूद्ध
setopati.com · Mon Jul 13 02:16:13 GMT 2026

मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।
ढकालका अनुसार उक्त सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)