एसिया कप ट्रफी भारतलाई हस्तान्तरण गर्न बीसीसीआईको आग्रह
annapurnapost.com · Wed Oct 22 16:22:28 GMT 2025
काठमाडौं : भारतीय क्रिकेट टोलीले २०२५ को एसिया कप जितेपछि ट्रफी उठाउन सकेन। भारतीय टोलीले एसियाली क्रिकेट परिषद् (एसीसी)का प्रमुख मोहसिन नक्वीबाट ट्रफी लिन अस्वीकार गरेको थियो। त्यसपछि नक्वी ट्रफी लिएर गए। पछि यसलाई एसीसी कार्यालयमा राखियो।
भारतीय टोलीले अहिलेसम्म एसिया कप ट्रफी पाएको छैन। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले अब मोहसिन नकवीबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा उजुरी गर्ने निर्णय गरेको छ। आईसीसी बोर्ड बैठक नोभेम्बर ४ देखि ७ सम्म दुबईमा हुने तय भएको छ। यहाँ बीसीसीआईले सम्पूर्ण मुद्दा उठाउने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)