मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूँजीबादी शोषणविरुद्ध एकजुट हुन श्रमिकहरुलाई आव्हान

lokaantar.com · Wed Dec 21 23:27:42 GMT 2022

भारतको सबैभन्दा पुरानो ट्रेड युनियन अल इण्डिया ट्रेड युनियन कांग्रेस ९(एआइटियुसी) को ४२ ओै सम्मेलन भारतको केरलास्थित अलपुषामा सम्पन्न भएको छ । कायृक्रमका सहभागीले पूँजीवादी शोषणविरुद्ध उक हुन श्रमिकलाई आह्वान गरेको छ । डिसेम्बर १६ देखि २० सम्म कार्यक्रम भएको थियो ।

सम्मेलनमा नेपालबाट पेशागत महासंघ नेपाल विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटियु) का संयोजक तथा डब्लुएटियुको प्रेसिडेन्टियल काउन्सिल सदस्य प्रेमलकुमार खनालसहित पेसागत महासंघ नेपालका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख लालबहादुर पाख्रिन र सचिवालय सदस्य सीता ओझाले भाग लिएका थिए । सो सम्मेलनमा विश्व ट्रेड युनियन महासंघका महासचिव प्याम्बिस किरिटिस लगायत श्रीलंका ,साइप्रस, पोर्चुगल, सिरिया, कजाकिस्थानका ट्रेड युनियन प्रतिनिधिहरुले भाग लिएका थिए। भारत स्थित २४ वटा प्रान्तीय कमिटीबाट ८८० जना प्रतिनिधि र ४७८ जना पर्यवेक्षकहरुले सम्मेलनमा भाग लिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)