बाह्रसिंगाको बासस्थान विस्तार
ekantipur.com · Thu Apr 20 01:01:47 GMT 2023
कञ्चनपुर — मान्छे देख्दा निकै टाढाबाटै सतर्क हुने बाह्रसिंगालाई नजिकमा हेर्न–छुन सकिँदैन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो मृग प्रजातिको यो जनावर । ५४ वर्गकिमिमा फैलिएको शुक्लाफाँटामा फराकिलो घाँसे मैदानमा सयौंको झुन्डमा भेटिन्छन् बाह्रसिंगा ।
संख्या बढेको मात्र छैन बाह्रसिंगाले बासस्थान समेत विस्तार गरेका छन् । निकुञ्जबाहिरको मध्यवर्ती क्षेत्रमा समेत देखिन थालेका छन् । चौधर नदीपूर्व र लालपानी क्षेत्रमा बाह्रसिंगाका झुन्ड भेटिन्छन् । हाँगा फाटेका सिङ १२ वटा चुच्चा हुने भएकाले मृग प्रजातिको जनावरलाई बाह्रसिंगा भन्ने गरिएको हो । दक्षिण एसिया, त्यसमा पनि नेपाल, भारत र पाकिस्तानमा यो वन्यजन्तु पाइन्छ । नेपालमा शुक्लाफाँटा प्रमुख बासस्थान हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)