मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंक तथा वित्तीय संस्थाहरूका लागि अन्तरबैंक सापटीमा ‘मेरो कित्ता’ प्रणाली अनिवार्य

corporatenepal.com · Wed Jun 10 12:23:56 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि अन्तरबैंक सापटी सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले इजाजतपत्रप्राप्त “क”, “ख” र “गू वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संलग्न तालिकावमोजिम संशोधन, परिमार्जन र थप गर्दै आज नयाँ निर्देशन जारी भएको हो ।

Advertisement

‘इजाजतपत्रप्राप्त संस्थाले नापी कार्यालयबाट प्राप्त गर्ने सेवाहरु जस्तैः जग्गाको नक्सा, फिल्डबुक र प्लट रजिष्टर प्रिन्ट लिन तथा सोसँग सम्बन्धित राजश्व अनलाईनमार्फत् भुक्तानीका लागि मेरो कित्ता (Mero Kitta) प्रणालीमा संस्थागत प्रयोगकर्ता बनेर उक्त प्रणालीमार्फत् गर्नुपर्नेछ ।’, नयाँ निर्देशनमा उल्लेख छ ।

इजाजतपत्रप्राप्त संस्थाले एकआपसमा प्रदान गर्ने सापटीलाई नियमित कर्जा सापटको रुपमा नभई अन्तरबैंक कारोबार/सापटीको रुपमा मात्र प्रयोग गर्न पाइनेछ । अन्तरबैंक सापटीको अवधि बढीमा ७ दिनसम्म मात्र हुनेछ ।

‘तर, अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित नेपाल सरकारको कार्यक्रम कार्यान्वयन गर्ने प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्था बीच हुने कर्जा कारोबार अन्तरबैंक कारोबार–सापटीमा गणना हुने छैन । यसरी सञ्चालित कार्यक्रमको विवरण यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा उपलब्ध गराउनु पर्नेछ ।’, राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय