उत्तर प्रदेशमा भाजपालाई धक्का, लखनउको सिट समाजवादी पार्टीले खोस्यो
annapurnapost.com · Wed Oct 28 20:29:03 GMT 2026

काठ्माण्डौँ : भारतको उत्तर प्रदेश विधान परिषद्का ११ सिटमध्ये भारतीय जनता पार्टी (भाजपा) ले ६ र समाजवादी पार्टी (सपा) ले ४ सिट जितेका छन्। एक सिटमा मतगणना जारी रहँदा वाराणसी स्नातक निर्वाचन क्षेत्रमा सपा उम्मेदवार आशुतोष सिन्हा अगाडि छन् ।
यस चुनावको सबैभन्दा चर्चित नतिजा लखनउ स्नातक सिटमा देखिएको छ । त्यहाँ सपा उम्मेदवार कान्ति सिंहले भाजपाका निवर्तमान विधान परिषद् सदस्य अवनीश सिंहलाई पराजित गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)