मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुला मैदानमा परिणत वंशीघाट (तस्बिरहरू)

setopati.com · Wed Jun 10 12:34:39 GMT 2026

कुनै समय सयौँ परिवारको बसोबास रहेको टेकुको वंशीघाट अहिले खुला मैदानमा बदलिएको छ।

करिब २०० घरटहरा र ठूला संरचना रहेको यो ठाउँमा अहिले खाली जमिन मात्र देखिन्छ। नेपालकै पहिलो सुकुम्बासी बस्ती भनेर चिनिने वंशीघाटको पुरानो स्वरूप अब इतिहास बनेको छ।

विभिन्न संरचना हटाइएपछि तथा क्षेत्रको पुनःव्यवस्थापन कार्य अघि बढेपछि वंशीघाटको स्वरूपमा उल्लेखनीय परिवर्तन देखिएको हो।

खुला मैदान बनेपछि सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको तथा वातावरण पनि व्यवस्थित देखिन थालेको छ।

खुला मैदानमा परिणत भएको वंशीघाट अहिले स्थानीयवासी, आगन्तुक तथा सरोकारवालाबीच चासोको विषय बनेको छ।

आगामी दिनमा यस क्षेत्रलाई कसरी विकास र संरक्षण गरिन्छ भन्ने विषयमा सबैको नजर केन्द्रित भएको छ।

हेर्नुहोस् तस्बिरहरू:

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)