तीन विदेशी आरोहीले रचे इतिहास
ekantipur.com · Wed Oct 22 17:52:10 GMT 2025

सोलुखुम्बु — सोलुखुम्बुको नुम्बुर हिमाल तीन विदेशी आरोहीले पहिलो पटक सफलतापूर्वक आरोहण गरेका छन् । समुन्द्र सतहबाट ६ हजार ९ सय ५८ मिटरको उचाइमा रहेको हिमालको सेभेन समिट ट्रेकका आरोहीले १५ घण्टा लगाएर सफलतापूर्वक आरोहण गरेका हुन् ।
आइतबार बिहान साढे १० बजे नुम्बुर हिमालमा मानव पाइला सफलतापूर्वक पुगेको हो । पर्यटन विभागले अघिल्लो वर्ष आरोहण खुलाएसँगै आइतबार बिहान इटालियन नागरिक हर्भ, जर्मन नागरिक फेलिक्स र पोल्याण्डका आडमले संयुक्त रूपमा आरोहण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)