गौरवका आयोजना १० मा सीमित राष्ट्रिय योजना आयोगको सुझाव
kendrabindu.com · Mon Jul 13 04:26:10 GMT 2026

काठमाडौं । राष्ट्रिय योजना आयोगले मुलुकका २७ वटा राष्ट्रिय गौरवका आयोजनालाई १० वटामा सीमित गर्न सुझाव दिएको छ ।आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वतयारीविना आयोजना घोषणा गर्दा सम्पन्न हुन ढिलाइ भएको र धेरै आयोजना थपिएको बताएका छन् ।
अर्थ समितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले सो सुझाव दिएका हुन् ।पर्याप्त तयारीविना गौरवका आयोजना घोषणा गरिँदा धेरै आयोजना वर्षौंदेखि सम्पन्न हुन नसकेको बताउँदै उनले भने, ‘पूर्वतयारीविना राष्ट्रिय गौरवका आयोजना घोषणा गरियो । यसले गर्दा सुरु गर्नै समय लाग्यो, राष्ट्रिय गौरवका आयोजना धेरै भए ।’ उनले गौरव गर्न लायक सीमित आयोजना हुनुपर्ने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)