एनएसएल अक्सन: कुन टिमले कति खर्चिए, यस्तो छ सम्पूर्ण विवरण
deshsanchar.com · Sat Sep 30 16:47:22 GMT 2023
काठमाडौं- आगामी मंसिर ८ बाट सुरु हुने तय भएको फुटबलको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल सपुर लिग (एनएसएल) को दोस्रो संस्करणको अक्शन शनिबार काठमाडौंमा सम्पन्न भयो। अक्शनबाट सहभागि ९ टिमले १ सय २० खेलाडीका लागि कुल १ करोड ७४ लाख ८० हजार रकम खर्चिए।
इलाम, काठमाडौं र ललितपुरले १४-१४ खेलाडी खरिद गर्दा बाँकी ६ टिमले १३ खेलाडी अक्शतनबाट खरिद गरे। अक्शनमा विभिन्न क्याटगोरीका ६० खेलाडी तानातान हुँदा गोलाप्रथाबाट विभिन्न क्लबमा पुगे। गोलाप्रथामा सर्वाधिक भाग्यमानि ललितपुर बन्दा पोखरा अभागि सावित भयो। पोखराले एकजनापनि ‘ए’ क्याटगोरीका खेलाडीलाई गोला प्रथाबाट आफ्नो टिममा पार्न सकेन। जबकी ललितपुर एफसीले ‘ए’ क्याटगोरीका सर्वाधिक तीन खेलाडीलाई गोलाप्रथाबाट आफ्नोमा पार्न सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)