झापामा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ
ratopati.com · Sun May 17 17:13:06 GMT 2026

झापा । सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सिटी सफारी चोरीमा संलग्न तीन जना, चोरीको सामान खरिद गर्ने सात जना, चोरी गरिएका सात वटा सिटी सफारी, २० वटा ब्याट्री र एउटा चार्जिङ कन्ट्रोलर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । करिब २१ लाख ५५ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको उनले बताए ।
प्रहरीले मेचीनगर–७ गैरीगाउँका २२ वर्षीय अभिषेक चौधरी (रूपककुमार सरदार), बिर्तामोड–७ मियाँबारीका ३१ वर्षीय मोहम्मद सलिम, मेचीनगर–१० ताराबारी धाइजनढाँटका ३० वर्षीय अभिषेक उराउलाई पक्राउ गरेको छ । त्यसैगरी, चोरी भएका सिटी सफारीका ब्याट्री खरिद तथा कारोबारमा संलग्न रहेको आरोपमा बिर्तामोड–५ का ४३ वर्षीय नसिम अकतर, भारत बिहार किसनगन्ज घर भई अर्जुनधारा–६ मा बस्दै आएका २० वर्षीय एमडी जिगर आलम, अर्जुनधारा–८ का ३२ वर्षीय सञ्जय चौधरीलाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
नेपाल प्रहरी