अस्पतालको बेडबाट जेनजी अगुवा माजिदको प्रश्न– मविरुद्ध गैरकानुनी कारबाही किन गरियो ?
baahrakhari.com · Mon Jul 13 04:35:00 GMT 2026

काठमाडौं । जेनजी अगुवा माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । सोमबार (असार २९) काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको बेडबाट उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आग्रह गरेका हुन् ।
“म सबै सम्बन्धित अधिकारीहरू, संघीय संसद्का सबै माननीय सदस्यहरू, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदायहरू तथा सबै मानव अधिकाररक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछु,” अन्सारीले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)