पहिराले कर्णाली करिडोर अवरुद्ध, यात्रु बाटोमै अलपत्र
shilapatra.com · Wed Jun 10 12:40:00 GMT 2026

पहिराले कर्णाली करिडोर अवरुद्ध भएको छ । मंगलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को घाटपारी सडकखण्ड अवरुद्ध भएको हो ।
वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएका कारणले कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा तीन सयभन्दा बढी यात्रु बाटोमै अलपत्र परेका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)