अस्पतालबाट अभियन्ता अन्सारीको अपिल: प्रहरीले कुटपिट गर्यो, जीवन र स्वतन्त्रताको सुरक्षा गरिदिनुहोस्
lokaantar.com

जेनजी अभियन्ता माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गरेका छन् । अस्पतालबाटै वक्तव्य जारी गरेका उनले आफूलाई प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी कुटपिट गरेको दाबी गर्दै सबै सम्बन्धित सरकारी निकाय, संघीय संसदका सदस्यहरू, प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकहरूसँग आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदि आग्रह गरेका हुन् ।
कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टरमा पुगेका अन्सारीलाई प्रहरीले गत शनिबार कुटपिट गरी नियन्त्रणमा लिएको थियो । प्रहरीको कुटपिटबाट घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)