मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोभिड–१९ कार्ययोजना कार्यान्वयनमाः एकजुट भई नियन्त्रण एवम् व्यवस्थापन गर्न-गराउन आग्रह

nepalnews.com · Fri May 07 17:49:00 GMT 2021

कोभिड–१९ को दोस्रो लहरको संक्रमणदर दिनानुदिन तीव्र गतिमा बढ्दै गइरहेका सन्दर्भमा कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा आएको छ । कोरोनाको रोकथाम, नियन्त्रण र उपचार पद्धतिलाई थप सुदृढ एवम् प्रभावकारी बनाउन कोभिड–१९ सहजीकरण समितिको बैठकले गरेका सिफारिसका आधारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलका अध्यक्षतामा बसेको बैठकले निर्देशन गरेअनुसार र नेपाल सरकारले समयसमयमा गरेका निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते राष्ट्रका नाममा सम्बोधनका क्रममा व्यक्त गरेका प्रतिबद्धताका आधारमा कार्ययोजना तयार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्य सचिव शङ्करदास वैरागीका अध्यक्षतामा आज सम्पन्न कोभिड–१९ सहजीकरण समितिको बैठकमा देशभरका अक्सिजन उद्योगको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने÷गराउने, सो उद्योगमा विद्युत् तथा खानेपानीको नियमित आपूर्ति गर्ने, उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गराउने, कोभिड अस्पतालमा भएको कुल शय्याको वास्तविक विवरण तत्काल उपलब्ध हुने गरी केन्द्रीय सूचना प्रणाली स्थापना गर्ने सम्बन्धमा छलफल भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)