ऊनको स्वीटरुको ‘फूल’ गीत युट्युबको ट्रेन्डिङ वानमा
deshsanchar.com · Thu Feb 22 17:45:44 GMT 2024
काठमाडौं –फिल्म ऊनको स्वीटरुको टाइटल गीत ‘फूल’ अहिले युट्युबको ट्रेन्डिङ वानमा पुगेको छ। रिलिजको एक सातामा गीतलाई १२ लाखभन्दा बढी पटक हेरिएको छ। ‘यो गीत हैन, यो भावना हो, यो शान्ति सब हो। जून हो मेरो नजरको, धन्यवाद,’ आर्टमान्डुको युट्युब च्यानलको कमेन्ट सेक्सनमा एक प्रयोगकर्ता महेश खतिवडा लेख्छन्। गीतमा आएका हरेक प्रतिक्रियाले आफ्नो टिमलाई उत्साहित बनाएको गायक सुजन चापागाईं बताउँछन्।
‘फिल्म घोषणा गर्दा सानो अंश सार्वजनिक गरेका थियौं। त्यतिबेला दर्शक स्रोताको एकदमै माया पायौं,’ उनले भने, ‘सबैले पूरा भर्सन पर्खिरहनुभएको थियो। फूल भर्सन कसरी राम्रो बनाउने भन्ने चुनौती थियो। तर यो पनि धेरैले मन पराइदिनुभयो। हामी उत्साहित छौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)