मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँपालिका अध्यक्ष मोक्तानको सबै परीक्षा रद्द

rajdhanidaily.com · Sun May 14 23:08:23 GMT 2023

सिन्धुली । मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को कक्षा १२ को सबै परीक्षा रद्ध गरिएको छ । माध्यामिक शिक्षा परीक्षा समन्वय समितिको शनिबार बसेको बैठकले उनले दिएका सबै परीक्षा रद्द गर्ने निर्णय गरेको हो । उनले यो वर्ष दिएको र दिन बाँकी रहेका सबै परीक्षा रद्द गर्ने निर्णय गरेको समितिले जनाएको छ ।

परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा बसेको बैठकले कपिलाकोट मावि परीक्षा केन्द्रबाट परिक्षा दिएका मोक्तानको शुक्रबार दिएको सामाजिक विषयको परीक्षामा अनुगमनका क्रममा २२००३१२७ सिम्बल नम्बरका २ वटा कपी फेला परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)