दसैँपछि विश्वासको मत लिने तयारीमा प्रदेश १ का मुख्यमन्त्री आचार्य
nayapatrikadaily.com · Wed Oct 06 23:46:00 GMT 2021
एमाले विभाजनपछि प्रस्ट अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दसैँपछि मात्र विश्वासको मत लिने योजना बनाएका छन् । विपक्षी गठबन्धन दलहरूले नैतिकताका आधारमा राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न दबाब दिँदै आए पनि आचार्यले दसैँपछि मात्र विश्वासको मत लिने योजना बनाएका हुन् । संवैधानिक व्यवस्थाअनुसार २४ असोजभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिइसक्नुपर्नेछ ।
सकेसम्म आफ्नै नेतृत्वमा विपक्षी दलहरूसहितको सहमतिको सरकार बनाउने योजना आचार्यको छ । बुधबार नयाँ भवन उद्घाटन कार्यक्रममा उनले भने, ‘आउनोस् मिलेर सहमतिको सरकार बनाऔँ, चुनावसम्म जाऊँ । अझै धेरै लोकतन्त्रको पक्षमा सँगै संघर्ष गर्न बाँकी छ । तपाईंहरू ठन्डा दिमागले सोच्नुहोला ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)