शिक्षा नियमावली संशोधन फिर्ता लिन विद्यालय व्यवस्थापन समिति महासंघको माग
nagariknews.nagariknetwork.com · Mon Jul 13 05:38:10 GMT 2026

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा नियमावली, २०५९ को दशौं संशोधनप्रति गम्भीर असहमति जनाउँदै तत्काल संशोधन गर्न सरकारसँग माग गरेको छ।
महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा संघीय शासन प्रणाली लागू भइसकेको र नयाँ विद्यालय शिक्षा ऐनको प्रतीक्षा भइरहेका बेला सरकारले ल्याएको संशोधनले सामुदायिक विद्यालय व्यवस्थापन समितिको क्षेत्राधिकार संकुचित गरेको, समुदायको भूमिका कमजोर बनाएको तथा विद्यालय र समुदायबीचको सम्बन्ध विच्छेद गर्न खोजेको आरोप लगाएको छ। विज्ञप्तिमा संशोधनले सामुदायिक विद्यालयलाई कमजोर बनाउने मनसाय देखिएको दाबी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)