अमेरिकाले ताइवानलाई सैन्य सहायता गर्ने
ekantipur.com · Mon Jul 31 00:55:13 GMT 2023
वासिङ्टन — अमेरिकाले ताइवानलाई ३४ करोड ५० लाख डलरको सैन्य सहायता घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति प्रशासनले शुक्रबार रक्षा सामग्री, सैन्य शिक्षा र प्रशिक्षण सहायता हुने जनाएको हो । यद्यपि, उसले दिने हतियार वा उपकरणको बारेमा विस्तृत जानकारी खुलाएको छैन ।
तर, अमेरिकी सञ्चारमाध्यमले ती उपकरणहरूमा वायु रक्षा प्रणाली, साना हतियार, युद्ध सामग्री हुने उल्लेख गरेका छन् । अमेरिकाको उक्त घोषणाको चीनले विरोध गरेको छ । ताइवानलाई चीनले आफ्नो स्वशासित क्षेत्र दाबी गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)