अस्पतालबाटै अभियन्ता माजिदले भने– मेरो जीवन रक्षा गरियोस्
ratopati.com · Mon Jul 13 05:47:22 GMT 2026

काठमाडौँ । जेनजी अभियन्ता माजिद अन्सारीले प्रहरीले आफूलाई गैरकानुनी ढङ्गले नियन्त्रणमा लिएर कुटपिट गरिएको भन्दै जीवन रक्षाको माग गरेका छन् । अन्सारीलाई शनिबार कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउका क्रममा घाइते भएका अन्सारी हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । सोमबार अस्पतालबाट सामाजिक सञ्जालमा लेख्दै अन्सारीले असार २७ गते शनिबार साँझ ५ बजे तिर १०–१२ जना प्रहरीले लछारपछार गर्दै कुटपिट गरी गम्भीर घाइते बनाएकोमा हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मेरो उपचार भइरहेको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)