रसुवागढी नाका हुँदै भित्रिए भेडाच्याङ्ग्रा
nayapatrikadaily.com · Thu Sep 30 16:39:00 GMT 2021
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भेडाच्याङ्ग्रा नेपाल भित्र्याइएको छ । बडा दसँै नजिकिएसँगै रसुवागढी नाका हुँदै भेडाच्याङ्ग्रा नेपाल भित्र्याइएको हो ।
बिहीबार चीनबाट १ सय ७० वटा भेडाच्याङ्ग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले बताए । २ सय भेडाच्याङ्ग्राको माग गरिए पनि थोरै संख्यामा नेपाल भित्रिएको उनको भनाइ छ । ‘चीनतर्फ सम्पर्क राखेर भेडाच्याङ्ग्रा ल्याइदिन माग गरेका थियाँै, अनि रसुवागढी नाकासम्म उतैबाट ल्याइदिनुभयो, भेडाच्याङग्राको शुक्रबार भन्सार हुन्छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)