मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँ बिदा सकिएपछि प्रशासनमा सेवाग्राहीको चाप

barnanmedia.com · Wed Oct 28 23:45:36 GMT 2026

दसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । दसैँ मनाउन घर आएका नागरिक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, दलित तथा जनजाति प्रमाणितलगायत सेवा लिन कार्यालयको भीड बढेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार मात्रै ८१ जनाले नयाँ नागरिकता लिएका छन् । जसमध्ये ४९ पुरुष र ३२ महिला छन् । त्यस्तै, ३२ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । प्रतिलिपि लिनेमा २० पुरुष र १२ महिला छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)