सडक मानवमुक्त अभियानका नायक
nayapatrikadaily.com · Mon Aug 02 00:39:00 GMT 2021
परिवारमा दुई छाक मीठोमसिनो खान कुनै कुराको कमी छैन । पढाइ–लेखाइ पनि राम्रै थियो । उनले व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबिएस) गरेका छन् । राम्रै कम्पनीमा जागिरे बन्न उनलाई गाह्रो थिएन । तर, यी सबै छोडेर गोरखा पालुङटार–१ का ३६ वर्षीय रामजी अधिकारी सडकमानवमुक्त अभियानमा लागेका छन् । जागिर, व्यापार, कमाइ, मोजमस्तीजस्ता सबै लोभलालच छाडेर उनी दिनरात सडकमै भेटिन्छन् । उनको एउटै लक्ष्य छ, आफू सडकमा रातदिन बस्नुपरे पनि कुनै पनि रोगी, बेसहाराले सडकमा एकछिन बस्नु नपरोस् । उनी यही लक्ष्यका साथ ०६९ सालदेखि सडकमा भौँतारिने मनोरोगीहरूको उद्धार र संरक्षणमा जुटिरहेका छन् । उनलाई सुमन, रूपालगायतका अन्य सहकर्मीहरूले साथ दिइरहेका छन् ।
उनले सडकमानवमुक्त अभियान सातवटै प्रदेशका १४ स्थानमार्फत चलाइरहेका छन् । मानव सेवा आश्रममार्फत सडकमा अलपत्र परेका, उपचार अभावमा भौँतारिएका बेसहाराहरूको उद्धार र संरक्षणमा उनीहरू निरन्तर लागिरेहका छन् । करिब १० वर्षमा उनीहरूले सयौँ बेसहाराहरूको उद्धार र उपचार गराइसकेका छन् । उद्धार गरिएकाहरूमध्ये एक हजारजनालाई समाजमा पुनस्र्थापना भइसकेको उनले बताए । सात सयभन्दा बढीले आश्रमभित्रै मृत्युवरण गरेका छन् । उनीहरूले ०८० सालभित्र देशलाई सडकमानवमुक्त बनाउने योजनाका साथ अभियान चलाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)