साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई
annapurnapost.com · Sat Aug 06 00:33:00 GMT 2022
काठमाडौं : घरेलु टोली भारतले साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई ५–२ ले स्तब्ध पार्दै भारत च्याम्पियन बनेको हो। भारतलाई जित दिलाउन गुर्किरात सिंहले ४ गोल गरे।
हिमान्सु जान्ग्राले एक गोल गरे। बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक–एक गोल गरे। खेलको निर्धारित ९० मिनेटमा दुवै टिमले बराबरी खेलेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)