मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पुष्प मेलाको दोस्रो दिन : ११ हजारले गरे अवलोकन,२७ लाखको कारोबार

ratopati.com

जावलाखेलको खेल मैदानमा जारी २३ औँ पुष्प मेलामा अवलोकनकर्ताको सङ्ख्या र कारोबारमा वृद्धि हुँदै गइरहेको आयोजकले जानकारी दिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा बिहीबारदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो । शुक्रबार भने ११ हजार जनाले अवलोकन गरेको र २७ लाख रुपियाँ बराबरको कारोबार भएको एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी गराए ।

चार दिनसम्म चल्ने मेलामा ४५ हजारले जनाले अवलोकन गर्ने र ७५ लाख रुपियाँको कारोबार हुने लक्ष्य एसोसिएसनले लिएको छ । मेलामा अवलोकनकर्ताले सबभन्दा बढी बहु वर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद गरिरहेको महासचिव पोखरेलले बताए । त्यस्तै इन हाउस ग्रीन प्लान्टको पनि बिक्री राम्रै देखिएको उनले बताए । आइतबारसम्म चल्ने मेलामा आफूहरूले अनुमान गर्ने भन्दा बढी अवलोकनकर्ता आउने र कारोबार पनि सोही मात्रामा हुने बताउँदै उनले शनिवार अवलोकनकर्ताको चाप बढ्ने एसोसिएसनले अनुमान गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)