काँग्रेसको कम्ब्याक : सातै प्रदेशमा काँग्रेस पहिलो !
ratopati.com
स्थानीय निर्वाचनको परिणाम अन्तिम चरणमा छ । वैशाख ३० गते सम्पन्न निर्वाचनको नजिता ७ सय ४५ पालिकामा आइसकेको छ । ७ सय ५३ पालिका मध्ये बाँकी ८ पालिकाको नजिता आउने क्रममा छ । यो समाचार तयार पर्दासम्म काँग्रेस ३२५, एमाले २०२, माओवादी केन्द्र १२१, जसपा ३०, एकीकृत समाजवादी २० र लोसपा १६ पालिकाको नेतृत्व हात पारेको छ ।
राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, राष्ट्रिय जनमोर्चा २, नेमकिपा १, विवेकशील साझा १, जनता प्रगतिशील पार्टी १, तमलोपा १ र जनमत पार्टी १ गरी साना दलले १४ पालिकाको नेतृत्व हात पारेका छन् । १६ ठाउँमा स्वतन्त्र उम्मेदवारले पालिका प्रमुख–अध्यक्ष हात परेको अवस्था छ । यस्तै काँग्रेस २९८, एमाले २३६, माओवादी १२८, जसपा ३१, एकीकृत समाजवादी २४ र लोसपा १२ पालिकाको उपप्रमुख–उपाध्यक्ष जितेको छ । अन्यले १८ उपप्रमुख–उपाध्यक्ष जितेको पाइन्छ । यस्तै काँग्रेसले ३, एमाले २, एकीकृत समाजवादी १ र अन्य १ को अग्रता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)