मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामाजिक सञ्जाल प्रयोगबारे जानकारी गराउन निर्देशन

gorkhapatraonline.com · Thu Jun 15 06:16:46 GMT 2023

काठमाडौँ, जेठ ३२ गते । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले देशभरका सरकारी निकायले प्रयोग गरेका सामाजिक सञ्जालको प्रयोग र अवस्थाबारे सात दिनभित्र जानकारी गराउन निर्देशन गरेको छ । देशभरका सरकारी कार्यालय, संवैधानिक आयोग र सरकारी निकायले गरेका फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको अवस्थाबारे जानकारी गराउन निर्देशन दिएको हो ।

विद्युतीय प्रणालीमार्फत सही सूचना प्रवाह गरी मुलुकमा सुशासन कायम गर्ने उद्देश्यले सबै सरकारी कार्यालयमा सामाजिक सञ्जालका माध्यमबाट सूचना तथा जानकारी सार्वजनिक गर्ने नीति सरकारले लिएको छ । सामाजिक सञ्जालबाटै नागरिकका गुनासो सम्बोधन गर्ने राज्यको नीति रहे पनि कतिपय सरकारी कार्यालयमा यसको सही प्रयोग हुन सकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)