धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न
ratopati.com · Sun May 17 17:21:20 GMT 2026

गोरखा । उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट–आरुघाट–लार्के सडक खण्ड अन्तर्गत धार्चे गाउँपालिका–७ स्थित नौलीखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । आइतबार यहाँ आयोजित एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पुलको उद्घाटन गरेका हुन् ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत विनियोजित बजेटबाट पूर्वाधार विकास कार्यालय गोरखामार्फत निर्माण सम्पन्न भएको उक्त पुल उत्तरी गोरखा जोड्ने मुख्य संरचना हो । पुल निर्माण सम्पन्न भएसँगै उत्तरी गोरखा पुग्ने स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकलाई वर्षभर सवारी आवागमनमा सहजता हुने धार्चे गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)