‘हुण्डाइ नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको भविष्यका लागि हुण्डाइ नेपालको पहल
ajakoartha.com · Mon Jul 13 06:34:00 GMT 2026
काठमाडौं- नेपालमा Hyundai गाडीको आधिकारिक वितरक Laxmi Intercontinental Pvt. Ltd. ले AG10 Academy सँगको सहकार्यमा ‘Hyundai Next Gen Cup’ सम्पन्न गरेको छ। यस पहलले Hyundai Nepal को ग्रासरुट फुटबलको विकास र नेपाली फुटबलका भावी प्रतिभालाई अवसर प्रदान गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः उजागर गरेको छ।
ललितपुरस्थित च्यासल मैदानमा आयोजित १६ वर्षमुनि (U–१६) एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए। FIFA World Cup 2026 ले विश्वभर फुटबलप्रति उत्साह जगाइरहेको बेला Hyundai Nepal ले भने प्रत्येक खेलाडीको यात्रा सुरु हुने स्थानीय मैदानमै भविष्यका प्रतिभाका लागि अवसर सिर्जना गर्ने अभियानलाई प्राथमिकता दिएको बताइएको छ । FIFA World Cup 2026 को Official Partner का रूपमा Hyundai ले आफ्नो विश्वव्यापी ब्रान्ड भिजन “Next Starts Now” अनुरूप नेपालमा पनि ग्रासरुट फुटबलको दिगो विकासमा योगदान पुर्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)