सिंगा तातोपानी कुण्डमा दैनिक सात सयसम्म स्नान गर्न आउने, पर्यटन व्यवसायमा चहलपहल
bishowkhabar.com · Thu Oct 29 00:42:29 GMT 2026

काठमाडौं – चिसो बढ्न थालेसँगै म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानी कुण्डमा स्नान गर्न आउनेको सङ्ख्या बढेको छ । दसैँ–तिहारको बिदा र प्राकृतिक तातोपानीमा स्नान गर्दा दुखाइमा राहत मिल्ने आशाले देशका विभिन्न जिल्लाबाट पाहुना आउन थालेपछि कुण्डमा चहलपहल बढेको हो ।
नवलपुरको गैँडाकोटका प्रदीप सुवेदी ढाड दुख्ने समस्यामा राहत पाउने आशाले कुण्डमा आएका छन्। यसअघि श्रीमतीलाई लिएर आउँदा १५ दिनसम्म तातोपानीमा स्नान गरेपछि स्वास्थ्यमा सुधार भएको अनुभव सुनाएपछि आफू पनि यहाँ आएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)