मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेट प्रणालीमै सुधारको प्रयास

gorkhapatraonline.com · Wed May 31 05:49:24 GMT 2023

काठमाडौँ, जेठ १७ गते । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत बजेट प्रणालीमा सुधारको प्रयास गरिएको बताउनुभएको छ। मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रम मा उहाँले बजेटमार्फत खासगरी पुँजीगत खर्चमा देखिएको समस्या समाधान गर्न प्रणालीमै सुधार खोजिएको स्पष्ट पार्नुभयो।

“पुँजीगत खर्च नहुने विगतको जुन समस्या थियो, त्यसलाई समाधान गर्न यस पटक खर्च कार्यान्वयन गर्छौं मात्र भनेका छैनौँ, त्यसलाई बुँदागत रूपमै उल्लेख गरेका छौँ,” उहाँले भन्नुभयो। बजेटमा पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब रुपियाँ विनियोजन गरे पनि वास्तविक रूपमा चार खर्ब ७१ अर्ब रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री महतले जानकारी दिनुभयो। “वास्तविक हिसाबमा पुँजीगत खर्च घटाइएको छैन,” उहाँले भन्नुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)